काठमाडौँ, २७ पौष । नेपाली कांग्रेसका नेता डा.शेखर कोइरालाले देशमा विद्यमान राजनीतिक अस्थिरतालाई चिर्न र संविधानको रक्षा गर्न पार्टीको आन्तरिक एकता आवश्यक रहेको बताएका छन् । आज एक भिडियो सन्देश जारी गर्दै जेनजी आन्दोलनपछि बनेको वर्तमान राजनीतिक परिस्थिति र अनिर्वाचित सरकारका कारण संविधान ‘क्षतविक्षत’ भएको उल्लेख गर्दै डा.कोइरालाले लोकतन्त्र जोगाउन कांग्रेसभित्र भावनात्मक एकता आवश्यक रहेको…