तोडिएका ठेक्कामा टेन्डर तत्काल गर्न मन्त्री घिसिङको निर्देशन

काठमाडौँ, ६ पौष । ऊर्जा, जलस्रोत तथा सिँचाइ, भौतिक पूर्वाधार तथा यातायात र सहरी विकासमन्त्री कुलमान घिसिङले ठेक्का तोडिएका सडकको निर्माण सुनिश्चितताका लागि तत्काल नयाँ टेन्डर प्रक्रिया सुरु गर्न निर्देशन दिएका छन् । भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयको चालु आर्थिक वर्ष २०८२/८३ को प्रथम त्रैमासिक प्रगति समीक्षा एवं मन्त्रालयस्तरीय विकास समस्या समाधान समितिको शुक्रबार आयोजित बैठकमा…