काठमाडौँ, १४ कार्तिक । संसदीय सुनुवाइ समितिले बेल्जियमका लागि प्रस्तावित राजदूत सेवा लम्सालको नाम अनुमोदन गरेको छ । आज सिंहदरबारमा बसेको समिति बैठकले प्रस्तावित राजदूत लम्सालको सुनुवाइ गर्दै सर्वसम्मतले उनको नाम अनुमोदन गरेको हो । सरकारले राजदूत पदमा सिफारिस गरेपछि लम्सालको संसदीय सुनुवाइका लागि भदौ ५ गते परराष्ट्र मन्त्रालयले समितिमा पत्र पठाएको थियो । समितिमा…