काठमाडौँ, ८ माघ । नेकपा एमालेको सचिवालय बैठक बस्दैछ । आज दिउँसो ४ः०० बजे बैठक च्यासलस्थित केन्द्रीय कार्यालयमा बैठक बस्ने भएको हो । सचिवालय बैठकमा एमालेमा फर्किन लागेका राष्ट्रियसभा सदस्य वामदेव गौतमको बारेमा छलफल हुने जनाइएको छ । यसअघि दुई पटक अध्यक्ष केपी शर्मा ओलीसँग भएको बार्ता सकारात्मक भएको भन्दै एमालेमा प्रवेश गर्ने गौतमले जनाइसकेका छन्…