तीनवटा अस्पतालमा बालबालिकाको क्यान्सर उपचार अब निःशुल्क हुने

काठमाडौँ, १२ कार्तिक । सरकारले मंसिर १ बाट १४ वर्षमुनिका बालबालिकाको क्यान्सर उपचार निःशुल्क गर्ने भएको छ । स्वास्थ्य तथा जनसंख्यामन्त्री प्रदीप पौडेलले कान्ति बाल अस्पताल (काठमाडौं), भक्तपुर क्यान्सर अस्पताल (भक्तपुर) र बीपी कोइराला मेमोरियल क्यान्सर अस्पताल (भरतपुर चितवन) मा बालबालिकाको क्यान्सर उपचार सेवा निःशुल्क गर्ने निर्णय गरेका हुन् । राज्यको सामर्थ्यका आधारमा धेरै धनराशि खर्च हुने…