काठमाडौँवासीले बाह्रै महिना शुद्ध र सफा खानेपानी पाउनुपर्छ : मन्त्री यादव

काठमाडौँ, १० पौष । खानेपानीमन्त्री प्रदीप यादवले काठमाडौँवासीलाई बाह्रै महिना मेलम्चीको खानेपानी उपलब्ध गराउने वातावरण तयार गर्न मन्त्रालयले पहल गरिरहेको बताएका छन् । मन्त्रालयका कर्मचारी तथा पदाधिकारीसँग आज भएको छलफलमा मन्त्री यादवले काठमाडौँ उपत्यकामा चौबीसै घण्टा मेलम्चीको खानेपानी उपलब्ध गराउने गरी काम गर्नुपर्नेमा जोड दिए  । उनले भने, ‘नागरिकले महसूस गर्नेगरी काम अगाडि बढाऔँ, मन्त्रालयबाट आवश्यक…