काठमाडौँ, ४ पौष । लोकतान्त्रिक समाजवादी पार्टी नेपालले केन्द्रीय समितिमा थप ६ जनालाई मनोनीत गरेको छ । ३४७ सदस्यीय केन्द्रीय समितिमा हिजो विभिन्न जिल्लाका आठ जनालाई मनोनीत गरेर केन्द्रीय समिति ३५५ सदस्यीय बनाइएको थियो । सो पार्टीले बिहीबार ६ जना थप गरेर ३६१ सदस्यीय केन्द्रीय समिति बनाएको छ । संविधानमा ४०१ सदस्यीय केन्द्रीय समितिको व्यवस्था छ…