सिद्धबाबा सुरुङमार्ग टनेल एक महिनाभित्र ‘ब्रेक थ्रु’ गरिँदै

पाल्पा, २२ मंसिर । सिद्धार्थ राजमार्गअन्तर्गत पाल्पाको तिनाउ गाउँपालिका–३ दोभानस्थित सिद्धबाबा सुरुङमार्गको टनेल एक महिनाभित्र ब्रेक थ्रु गर्ने तयारीमा छ । पहिलो र तेस्रो बाइपास (क्रस प्यासेज) ‘ब्रेक थ्रु’ भइसकेको र मुख्य टनेलको काम १६५ मिटर मात्र बाँकी रहेको सिद्धबाबा सुरुङमार्ग आयोजनाले जनाएको छ । बुधबारसम्म उत्तर र दक्षिणतर्फ गरी ९ सय ६१ मिटर सुरुङ्को टनेल खनेर…