भैरहवा, १७ मंसिर । स्वदेशमै मल उत्पादन गरेर किसानलाई घरदैलोमा आपूर्ति गर्ने उद्देश्यले ३० करोड लगानी गरेर रूपन्देहीमा अर्गानिक मल उद्योग सञ्चालन गरिएको छ । कोरोना महामारीका बेला भारतबाट आयात ठप्प भएपछि मलका लागि किसान भौंतारिनुपरेको थियो । उक्त छटपटी देखेर जिल्लास्थित रोहिणी गाउँपालिका–४ कोटहवामा मल उद्योग सञ्चालनमा ल्याइएको लगानीकर्ताले बताए । ग्रो मोर फर्टिलाइजर एन्ड केमिकल प्रालिले…