प्रतिनिधि सभा पुनर्स्थापना नभएसम्म पार्टीको जनप्रदर्शन रोकिदैन: अध्यक्ष ओली

भक्तपुर, ३० कार्तिक । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले प्रतिनिधि सभा पुनर्स्थापना नभएसम्म पार्टीको जनप्रदर्शन नरोकिने बताउनुभएको छ । आइतबार प्रेस चौतारी नेपालसँग आबद्ध पत्रकारहरूसँग आफ्नै निवास गुण्डुमा कुराकानी गर्दै अध्यक्ष ओलीले प्रदर्शन अझ सशक्त रूपमा अघि बढ्ने बत्ताउनुभयो । 'हामीले जनप्रदर्शन सुरु गरेका छौँ, यो राेकिनेवाला छैन, अझ बढ्दै जान्छ', उहाँले भन्नुभयो ।…