दीपक मनाङे पक्राउ

काठमाडौँ, २७ कार्तिक । गण्डकी प्रदेशसभा सदस्य दीपक मनाङे पक्राउ परेका छन् । उनलाई आज काठमाडौँको सानोभर्‍याङबाट प्रहरीले पक्राउ गरेको हो ।  प्रहरी प्रधान कार्यालयका अनुसार आज बिहान उनलाई पक्राउ गरिएको हो । सर्वोच्च अदालतले कात्तिक २० गते मनाङेलाई ज्यान मार्ने उद्योगमा दोषी ठहर गरेसँगै प्रहरीले पक्राउ गरेको हो ।