काठमाडौँ, २२ असोज । अर्थमन्त्री विष्णु पौडेलले, श्रमिकका मुद्दाहरू कुनै एउटा मुलुकको मात्र नभई विश्वव्यापी साझा समस्याको रूपमा रहेको बताएका छन् । आज काठमाडौँमा आयोजित अन्तर्राष्ट्रिय ट्रेड युनियन महासङ्घको २६ औँ क्षेत्रीय परिषद्को उद्घाटन समारोहलाई सम्बोधन गर्दै उनले श्रमिकका मुद्दाहरू विश्वव्यापी साझा समस्याको रूपमा रहेको भन्दै यस्ता समस्या सामूहिक प्रयासबाट मात्रै समाधान गर्न सकिने बताए…