प्रधानमन्त्रीद्वारा सहुलियत मूल्यमा हवाई सेवा दिन एयरलाइन्सहरूलाई आग्रह

काठमाडौँ, १३ असोज । प्रधानमन्त्री केपी शर्मा ओलीले लगातारको वर्षा र बाढी पहिरोले सडक यातायात अवरुद्ध भएको समयमा सहुलियत मूल्यमा हवाई सेवा दिन एयरलाइन्स कम्पनीहरूसँग आग्रह गरेका छन् ।  उनले सामाजिक सञ्जालमार्फत भनेका छन्–'लगातारको वर्षा र बाढी पहिरोले सडक यातायात अवरुद्ध हुँदा अत्यावश्यक यात्रामा पनि अप्ठेरो परेको छ। हवाई भाडा अरू बेला भन्दा महँगो भएको…