एक महिनाभित्र रुग्ण उद्योग संचालनमा ल्याउने तयारी छ : मन्त्री भण्डारी

बैतडी, २९ असोज । उद्योग, वाणिज्य तथा आपुर्ती मन्त्री दामोदर भण्डारीले बन्द रहेका सरकारी उद्योगहरुलाई अबको एक महिनाभित्रै संचालनमा ल्याउने गरी तयारी भइरहेको बताएका छन् । गृह जिल्ला बैतडीमा आयोजित दशैँ तिहारको शुभकामना आदानप्रदान कार्यक्रममा भण्डारीले एउटा उद्योगले धेरै मान्छेलाई रोजगारी दिन सक्ने बताउँदै सरकारी मात्र नभई निजी उद्योगलाई पनि संचालनमा ल्याउन सहयोग गर्ने बताए…