संवैधानिक परिषद्को बैठक अनिर्णित

काठमाडौँ, २८ भदौ । सर्वोच्च अदालतको प्रधानन्यायाधीश सिफारिससहित रिक्त  संवैधानिक पदमा सिफारिसका लागि बसेको संवैधानिक परिषद्को बैठक विना निर्णय सकिएको छ । प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा बसेको परिषद् बैठक कुनै निर्णय नगरी सकिएको हो । उपसभामुख इन्दिरा रानाका अनुसार संवैधानिक परिषद् बैठकमा प्रधानन्यायाधीश सिफारिसका लागि माथिल्लो वरियतामा रहेका ८ जना न्यायाधीशहरूको नाममाथि छलफल भएको थियो । …