सहकारी ठगीमा कास्की प्रहरीले काठमाडौं आएर लियो लामिछानेसँग बयान

काठमाडौँ, १८ भदौ । पोखराको सूर्यदर्शन सहकारीको बचत रकम ठगी गरेको आरोप लागेका गोर्खा मिडिया नेटवर्कका तत्कालीन प्रबन्ध निर्देशक एवं पूर्वगृहमन्त्री रवि लामिछानेसँग प्रहरीले बयान लिएको छ । जिल्ला प्रहरी कार्यालय कास्कीका डीएसपी बसन्तकुमार शर्माको नेतृत्वमा काठमाडौं आएको अनुसन्धान टोलीले भदौ ८ मा रास्वपा सहमहामन्त्रीसमेत रहेका विपिनकुमार आचार्य, पूर्वउपराष्ट्रपति नन्दबहादुर पुनका छोरा दीपेश र पूर्वडीआईजी छविलाल जोशीसँग…