एमाले उपाध्यक्षमा गुरु बराल मनोनीत

काठमाडौँ, १७ साउन । नेकपा एमालेले रिक्त उपाध्यक्ष पदमा गुरु बराललाई मनोनीत गरेको छ।  आज बसेको एमाले सचिवालय बैठकले बराललाई उपाध्यक्षमा मनोनयन गरेको महासचिव शङ्कर पोखरेलले जानकारी दिए ।  त्यस्तै एमालेले दुई जनालाई स्थायी कमिटी सदस्यमा मनोनीत गरेको छ । बैठकले नेता मुकुन्द न्यौपाने र लीलानाथ श्रेष्ठलाई  स्थायी कमिटी सदस्य नियुक्त गरेको हो ।