कीर्तिपुरका नगरप्रमुख नकर्मीको निधन

काठमाडौँ, ११ साउन । कीर्तिपुर नगरपालिकाका नगरप्रमुख राजकुमार नकर्मीको निधन भएको छ । गएराति उनको निधन भएको नगरपालिकाका सूचना अधिकारी प्रकेशचन्द्र श्रेष्ठले जानकारी दिए । मृर्गौलामा समस्या देखिएपछि उनको वीर अस्पतालमा राखेर उपचार भइरहेको थियो ।  उनको पार्थिव शरीरलाई आज बिहान ९ बजेदेखि ११ बजेसम्म नगरपालिकामा श्रद्धाञ्जलीका लागि राखिने र त्यसपछि अन्तिम संस्कार गरिने श्रेष्ठले जानकारी…