काठमाडौँ, १ साउन । महान्यायाधिवक्ता डा. दीनमणि पोखरेलले राजीनामा दिएका छन् । प्रधानमन्त्रीमा एमाले अध्यक्ष केपी शर्मा ओली नियुक्त भएपछि उनले पदबाट राजीनामा दिएका हुन् । महान्यायाधिवक्ता प्रधानमन्त्रीको कानुनी सल्लाहकार पद हो । पुष्पकमल दाहाल प्रचण्ड प्रधानमन्त्री नियुक्त भएपछि उनले पोखरेललाई महान्यायाधिवक्तामा ल्याएका थिए । तत्कालीन गृहमन्त्री रवि लामिछानेविरुद्ध कुनै पनि निकायमा उजुरी र अभियोजन नरहेको…