प्रधानमन्त्री ओलीद्वारा सहिदको सालिकमा माल्यार्पण

काठमाडौँ, ३१ असार । नवनियुक्त प्रधानमन्त्री केपी शर्मा ओलीले पदको शपथ लिए लगत्तै लैनचौरस्थित सहिद स्मारक पुगेर सहिदको सालिकमा माल्यार्पण गरेका छन् । प्रधानमन्त्री ओली शीतल निवासमा आयोजित शपथ समारोहबाट सिधै लैनचौर पुगेका थिए । प्रधानमन्त्रीसँगै नवनियुक्त मन्त्रीहरू पनि सहिद स्मारक पुगेर माल्यार्पण गरेका थिए । त्यसपछि प्रधानमन्त्री तथा मन्त्रीहरू सिंहदरबार पुगेर पदभार ग्रहण गरेका…