काठमाडौँ, ३० असार । गृहमन्त्री रवि लामिछानेले सरकार परिवर्तनको प्रक्रिया सुरु भएसँगै कयौँ विषयहरू सामसुम बन्न लागेको भन्दै अनुसन्धानमा हात नकमाउन प्रहरीलाई निर्देशन दिएका छन् । आज मन्त्रालयमा आयोजित पत्रकार सम्मेलनमा मन्त्री लामिछानेले आफूले थालेका अनुसन्धानका घटना रोकिन नहुने समेत बताए । उनले निर्मला हत्या प्रकरणको अनुसन्धान अत्यन्त नजिक पुगेको भन्दै अनुसन्धानमा खटिने प्रहरी कर्मचारीलाई…