काठमाडौँका अतिक्रमित र मापदण्ड विपरीतका संरचना हटाउन ७ दिने अल्टिमेटम (सूचनासहित)

काठमाडौँ, १४ कार्तिक । काठमाडौँका अतिक्रमित र मापदण्ड विपरीतका संरचना हटाउन ७ दिने समय सीमा तोकिएको छ । काठमाडौँ महानगरपालिका र काठमाडौँ उपत्यका विकास प्राधिकरणले अतिक्रमित जग्गा तथा मापदण्ड विपरीत बनेका संरचना हटाउने निर्णय गरेको हो ।