भारतबाट २३० मेगावाट विद्युत् आयात गर्न सम्झौता

काठमाडौँ, १८ असोज । हिउँद याममा भारतबाट २ सय ३० मेगावाट विद्युत् आयात गर्न बिहीबार दुईपक्षीय सम्झौता भएको छ । हरेक वर्ष फेब्रुअरीदेखि मेसम्म विद्युत् आयात गर्ने गरी नेपाल विद्युत् प्राधिकरण र भारतको एनटीपीसी विद्युत् व्यापार निगम (एनभीभीएन) बीच सम्झौता भएको हो । सम्झौतापत्रमा प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङ र एनभीभीएनकी प्रमुख कार्यकारी अधिकृत रेनु नारङले हस्ताक्षर…