काठमाडौँ, १ कार्तिक । नेकपा (माओवादी केन्द्र)का सचिवालय सदस्य वर्षमान पुनले सरकारले आफ्नो पार्टीलाई नै तर्साउन खोजेको आरोप लगाएका छन् । माओवादी केन्द्र र पार्टीका पूर्वअध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’लाई अनुसन्धानका नाममा तर्साउन खोजिएको उल्लेख गर्दै उनले यसप्रकारको प्रवृत्ति स्वीकार्य नहुने चेतावनी दिए । शनिबार पेरिसडाँडामा अखिल नेपाल ट्रेड युनियन महासंघले आयोजना गरेको चियापान कार्यक्रममा उनले ‘जेनजी’…