काठमाडौँ, १२ असोज । कोशी प्रदेशका मुख्यमन्त्री हिक्मतकुमार कार्कीले कोशी ब्यारेज र बराह क्षेत्र आसपासका डुबान क्षेत्रको निरीक्षण गरेका छन् । आज दिउँसो मुख्यमन्त्री कार्कीसहित तीनवटै सुरक्षा निकायका प्रदेश प्रमुख पनि अनुगमनमा सहभागी थिए । मुख्यमन्त्री कार्कीले बराह क्षेत्र नगरपालिका ६ र ९ मा बाढीमा फसेका ३४ जनाको उद्धार गर्न सुरक्षा निकायका प्रमुखहरूलाई आग्रह गरे…