राष्ट्रपति पौडेलद्वारा नवकन्याहरूको पूजा

काठमाडौँ, १५ असोज । राष्ट्रपति रामचन्द्र पौडेलले बडा दसैँको नवौँ दिन बुधबार नवकन्याहरुको पूजा गरेका छन् ।  राष्ट्रपति भवन शितल निवासमा राष्ट्रपति पौडेलले महानवमीको शुभ दिनमा बालमन्दिर नक्सालमा रहेका नवकन्याहरुको पूजा गरेका हुन् । राष्ट्रपति पौडेलले नवकन्याको गोडा धोएर टीका लगाई उपहार प्रदान गरेका थिए । दसैँ पर्वका अवसरमा महानवमीको दिनमा राष्ट्रप्रमुखले नवकन्याको पूजा प्रत्येक…