काठमाडौँ, २८ पौष । विश्वप्रसिद्ध ट्राभल वेबसाइट ‘ट्रिप एडभाइजर’ ले काठमाडौँलाई संसारको उत्कृष्ट प्राकृतिक गन्तव्यका रुपमा घोषणा गरेको छ । ट्रिप एडभाइजरले १० उत्कृष्ट गन्तव्य, प्राकृतिक गन्तव्य, ट्रेन्डिङ गन्तव्य, सांस्कृतिक गन्तव्य, खाना गन्तव्य, हनिमुन गन्तव्य र दिगो गन्तव्य गरी सातवटा वर्ग छुट्याएर सूची सार्वजनिक गरेको हो । यसअनुसार काठमाडौँ विश्वका उत्कृष्ट १० प्राकृतिक गन्तव्यमध्ये एक नम्बरमा…