हामी वीपीको स्कुलबाट दीक्षित हौँ, अप्ठेरो मान्नु पर्दैन : प्रधानमन्त्री प्रचण्ड

काठमाडौँ, १६ पौष । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले समकालीन दल र तिनका नेता कुनै न कुनै रूपमा वीपी कोइरालाको स्कुलबाट दीक्षित भएको बताएका छन् । राष्ट्रिय एकता तथा मेलमिलाप दिवसका अवसरमा नेपाली कांग्रेसले सोमबार गरेको कार्यक्रममा माओवादी अध्यक्ष समेत रहेका प्रधानमन्त्री ‘प्रचण्ड’ ले वीपी कोइराला नेपाली राजनीतिको मूर्धन्य र महान् नेता भएको पनि बताए ।…