दाङ, ११ माघ । नेकपा (एमाले) का महासचिव शंकर पोखरेलले मुलुकलाई सम्भावित दुर्घटनाबाट जोगाउन फागुन २१ गते हुने निर्वाचनलाई सदुपयोग गर्न सबैमा आग्रह गरेका छन् । राष्ट्रिय स्वास्थ्यकर्मी महासंघ लुम्बिनी प्रदेश समितिको संयोजन तथा महासंघ जिल्ला समिति दाङको आयोजनामा घोराहीमा भएको अन्तर्क्रिया कार्यक्रममा बोल्दै महासचिव पोखरेलले पछिल्लो समय मुलुकविरुद्ध सुनियोजित गतिविधि बढ्दै गएको दाबी गरे…