आयल निगमका कार्यकारी निर्देशक थानीद्वारा राजीनामा

काठमाडौँ, २६ मंसिर । नेपाल आयल निगमका कार्यकारी निर्देशक उमेश प्रसाद थानीले पदबाट राजीनामा दिएका छन्। मंगलबार अपराह्न ४  बजे उद्योग वाणिज्य तथा आपूर्ति मन्त्रालयमा पुगेर थानीले राजीनामा दिएका हुन् । उद्योगमन्त्री रमेश रिजालले थानीले राजीनामा दिएको पुष्टि गरे । थानीले राजीनामाको कारण भने नखुलाएको मन्त्री रिजालले बताए । थानीले 'स्वतन्त्र रुपमा बस्न चाहन्छु' भनेपछि आफूले…