गुरु नानक जयन्तीले राष्ट्रिय एकतालाई मजबुत बनाउन बल पुग्छ: राष्ट्रपति पौडेल

काठमाडौँ, ११ मंसिर । राष्ट्रपति रामचन्द्र पौडेलले समाज सुधारक धार्मिक गुरु ‘गुरुनानक’ ले समाजमा विद्यमान जातीय एवं लैंगिक विभेदका साथै अन्धविश्वास र कुरीतिविरूद्ध मानिसलाई सचेत गराउन खेलेको भूमिका सदैव स्मरणीय रहेको बताएका छन् ।  सिख धर्मावलम्बीको विशेष पर्व गुरुनानक जयन्तीको अवसरमा आज उनले जारी गरेको सन्देशमा विश्वभर छरिएर रहेका सम्पूर्ण सिख धर्मावलम्बी दिदीबहिनी तथा दाजुभाइमा सुख, शान्ति…