महिला तथा बालिकामाथि अनलाइन हिंसाको कहर

काठमाडौँ, १० मंसिर  । केही महिनाअघि एक दम्पती फेसबुक र टिकटकमा आफ्नी छोरीको चरित्रहत्या भएको उजुरी लिएर भोटाहिटीस्थित नेपाल प्रहरीको साइबर ब्युरो आइपुगे । साथमा थिइन् १६ वर्षीया छोरी । घटना सम्झँदै ब्युरोका प्रहरी निरीक्षक राजकुमार खड्गी भन्छन्, ‘मानसिक रूपमा किशोरी विक्षिप्त थिइन् ।’ पीडकले उनको तस्बिर प्रयोग गरेर फेसबुकमा फेक आईडी बनाएका थिए । त्यो आईडीबाट पीडितका आफन्त…