खोटाङ, १९ कार्तिक । नेपाली सेना स्थानीय बासिन्दासँगै सडक मर्मतका लागि श्रमदान अभियानमा जुटेका छन् । मध्यपहाडी लोकमार्गअन्तर्गत दिक्तेल–चखेवाभञ्ज्याङ सडकखण्डमा पर्ने पङ्खुखोला नजिकको सडक मर्मतका स्थानीय बासिन्दाले सुरुआत गरेको श्रमदान अभियानमा गोरखनाथ गणका २५ जवान दैनिकरूपमा खटिएका हुन् । दिक्तेलबाट सेकुवाखोलासम्म उक्त सडक कालोपत्र भइसकेको छ । तर बीचमा पर्ने पङ्खुखोलामा पुल निर्माणका लागि छाडिएको…