ब्राजिलमा बाढी र पहिरोबाट ६ जनाको मृत्यु

एजेन्सी, ६ माघ । दक्षिणी ब्राजिलमा मुसलधारे वर्षाको कारण उत्पन्न बाढी र पहिरोले छ जनाको ज्यान गएको सरकारी स्रोतले शनिबार जनाएको छ । कोन्हा र अल्फ्रेडो चाभेस शहर तीन, तीन व्यक्तिको मृत्यु भएको बताइएको छ । पीडित मध्ये दुइ वृद्ध व्यक्ति भएका र उनीहरुको घर पहिरोले पुरिएपछि मृत्यु भएको बताइएको छ ।