एजेन्सी, ३० असोज । हङकङको संसदमा कार्यकारी प्रमुख केरी लामको वार्षिक नीति सम्बन्धी सम्बोधनका क्रममा अवरोध भएको छ । बीबीसीका अनुसार हङकङका विपक्षी सांसदहरुले संसद् अवरुद्ध गरेपछि कार्यकारी प्रमुख लामको आफ्नो मन्तव्य छोड्नु परेको हो । हङकङमा महिनौंदेखि निरन्तर सरकार विरोधी प्रदर्शन हुँदै आएको छ ।