एजेन्सी, १५ पौष । दोश्रो विश्वयुद्धको अहिलेसम्म जीवित रहेका सबैभन्दा वृद्ध रिचर्ड ओवर्टनको १ सय १२ वर्षको उमेरमा निधन भएको छ । उओवर्टन अमेरिकाको टेक्सासमा निधन भएको बीबीसीले जनाएको छ । ओवर्टनले दोस्रो विश्वयुद्धमा एक अमेरिकी सैन्य डफ्फामा रहेर काम गरेका थिए, जसमा सबै सेनाहरु काला जातिका थिए । सन् २०१३ मा उनलाई तत्कालीन अमेरिकी राष्ट्रपति बाराक ओबामाले भेट्रान डे…