एजेन्सी २ मंसिर । युक्रेनी राष्ट्रपति भ्लोदिमिर जेलेन्स्कीले अमेरिकी राष्ट्रपतिको जिम्मेवारी डोनाल्ड ट्रम्पले सम्हालेपछि चाँडै रुससँगको युद्ध अन्त्य हुनेमा आफू विश्वस्त रहेको बताएका छन् । युक्रेनी रेडियोसँगको कुराकानीमा उहाँले ह्वाइट हाउसको नेतृत्व गर्ने नयाँ टोलीको नीतिसँगै रुससँगको युद्ध चाँडै समाप्त हुने निश्चित रहेको बताएको बीबीसीले जनाएको छ । राष्ट्रपतिमा विजयी भएपछि ट्रम्पसँगको टेलिफोन वार्ताका क्रममा आफूसँग सौहार्दपूर्ण…