बेलायतले अवैध आप्रवासी फिर्ता नलिने मुलुकहरूको भिसा रोक्ने

एजेन्सी, २ मंसिर । बेलायतले अब आफ्ना नागरिक फिर्ता लिन नमान्ने मुलुकहरूलाई भिसा नदिने नीति लागू गर्ने भएको छ । बेलायती गृहमन्त्री शबाना महमुदले सोमबार सार्वजनिक गरेको यो कडा कदम ‘अवैध आप्रवासन रोक्न’ ल्याइएको बताइएको छ । पहिलो चरणमा अङ्गोला, नामिबिया र कंगो लोकतान्त्रिक गणतन्त्रका नागरिकहरूलाई युके भिसा रोक्ने निर्णय गरिएको छ । यी देशहरूले…