शैक्षिक

गैर पत्रकारलाई सदस्यता बाँडेपछि अछामका सञ्चारकर्मी विरोधमा



अछाम, १७ माघ । पत्रकार महासंघको सदस्यता नविकरण तथा नयाँ सिफारिस धाँधलीपूर्ण तरिकाले भएको भन्दै प्रेस चौतारी अछामले गम्भिर आपत्ति जनाएको छ ।

पत्रकार महासंघ अछामले विधान विपरित गैैर पत्रकारलाई समेत महासंघको सदस्यता नविकरण र वितरण गरेको भन्दै प्रेस चौतारी नेपाल जिल्ला समिति अछामले बिज्ञप्ती मार्फत आपत्ति जनाउँदै तत्काल सदस्स्यता छानबिनको माग गरेको हो ।

‘नेपाली श्रमजीवी पत्रकारहरुको छाता संगठन नेपाल पत्रकार महासंघको सदस्यता नवीकरण तथा नयाँ सदस्यता वितरण बारे अछाम जिल्लाका सन्दर्भमा हाम्रो गम्भिर ध्यानाकर्षण भएको छ,’ बिज्ञप्तीमा भनिएको छ, ‘नेपाली पत्रकारहरुको गौरबमय ईतिहास बोकेको पत्रकार महासंघ जस्तो संस्थाको मर्यादा, गरिमा र न्यूनतम मूल्य मान्यतालाई समेत ध्यान नदिएर अछाम जिल्लामा सदस्यता नवीकरण तथा सदस्यता वितरण गरिने कामले विधि, विधान र नियम विपरित पत्रकार महासंघ अछामको आधिकारीक बैठक तथा निर्णय बिना गरिएको सिफारिसमा हाम्रो गम्भिर आपत्ति छ ।’

सामान्य पत्रकारिता क्षेत्रमा समेत नरहेका व्यक्तिलाई पत्रकार महासंघको सदस्यता बनाउनु यो लज्जास्पद कुरा हो । प्रेस चौतारी नेपाल जिल्ला शाखा अछामका अध्यक्ष टेकराज भण्डारी र पत्रकार महासघ अछाम शाखाका सचिव शिवराज ढुंगानाद्धारा हस्ताक्षरित फरक फरक बिज्ञप्तीमा अछाम जिल्लामा पत्रकार महासंघको सदस्यता नविकरणका लागि सूचना जारी गरी फाईल संकलनको काम भैरहँदा जिल्लामा क्रियाशिल नै नरहेका र कुनै मिडियामा आबद्ध नरहेका व्यक्तिहरुको सदस्यता जिल्लाको निर्णय वेगर केन्द्रमा नवीकरण गराउन लगाईएको उल्लेख छ ।

यस्तै नयाँ सदस्यताका विषयमा समेत सामान्य मापदण्ड नै नबनाई गैर पत्रकारलाई समेत सिफारिस गरेको प्रति प्रेस चौतारी नेपाल, जिल्ला समिति अछाम र पत्रकार महासँघ एक पक्षको आपत्ति रहेको बताईएको छ । पत्रकार महासंघको विधान अनुसार सदस्यता नविकरण र नयाँ सदस्यता सिफारिसका लागि जोडदार माग गर्दै यदि त्यो नभएका शशक्त आन्दोलन गरिने बिज्ञप्तीमा जनाईएको छ ।

प्रेस चौतारी अछामद्धारा पत्रकार महासघ अछामको कार्यालयमा तालाबन्दी गरिएकाे छ । प्रेस चौतारी अछामद्धारा पत्रकार महासघ अछामको कार्यालयमा तालाबन्दी  गरेको हाे । चौतारी शाखा अछामका उपाध्यक्ष कालु बोहरा नेतृत्वमा गएको एक टोलिले तालाबन्दीगरेको हो ।

जिल्लामा क्रियाशिल नै नरहेका र कुनै मिडियामा आबद्ध नरहेका व्यक्तिहरुको सदस्यता जिल्लाको निर्णय विना नै केन्द्रमा नवीकरण गराउन लगाईएको उल्लेख भए पछि प्रेस चौतारी अछाम शाखाले आफु असन्तुष्ट भएको कारण देखाउदै तालाबन्दि गरेको बताईएको छ ।

यस्तै नयाँ सदस्यताका विषयमा समेत सामान्य मापदण्ड नै नबनाई गैर पत्रकारलाई समेत सिफारिस गरेको र महासँघको सदस्यता सम्बन्धि विधि विद्यान अनुसार सच्चीएर नगए आगामी दिनमा शसक्त आन्दोलनमा उत्रने उपाध्यक्ष बोहरा चेतावनी समेत दिए ।