सम्पादकीय

निजी क्षेत्रलाई पहिलो पटक सोलार उत्पादन अनुमति



काठमाडौं, १७ माघ । विद्युत् विकास विभागले निजी क्षेत्रको कम्पनीलाई पहिलोपटक सौर्य ऊर्जा ९सोलार० उत्पादन अनुमतिपत्र दिएको छ । निजी क्षेत्रको सूर्य पावर कम्पनी लिमिटेडद्वारा प्रवद्र्धित विष्णुप्रिया सोलार फार्म परियोजनालाई विभागले एक मेगावाट विद्युत् उत्पादन अनुमतिपत्र प्रदान गरेको हो ।

विभागका सिनियर डिभिजनल इन्जिनियर एवं सूचना अधिकारी बाबुराजा अधिकारीका अनुसार उत्पादन अनुमतिपत्र पाउने यो पहिलो निजी कम्पनी हो ।“निजी क्षेत्रलाई सौर्य ऊर्जा उत्पादनका लागि खुला गरिएकोा डेढ वर्षपछि पहिलोपटक निजी कम्पनीले उत्पादन अनुमतिपत्र पाएको छ,” उनले भने, “सर्भे अनुमतिपत्र पाउने धेरै सोलार आयोजना छन् तर निर्माणकै चरणमा भने कुनै गएका छैनन् ।”

नवलपरासीमा रहेको एकम पेपर मिल्समा उपयोग गरेर बाँकी रहेको बिजुली नेपाल विद्युत्् प्राधिकरणलाई बेच्ने गरी कम्पनीले आयोजना अघि बढाउन लागेको छ । यसका लागि उसले विद्युत्् प्राधिकरणसँग ‘कनेक्सन एग्रिमेन्ट’ समेत गरिसकेको छ । २२ करोड रुपैयाँ लागत रहेको सोलार आयोजना आगामी तीन महिनाभित्रै पूरा गर्ने लक्ष्य राखिएको अधिकारीले जानकारी दिए ।

एक हेक्टरभन्दा बढी जमिन उपयोग गरेर निर्माण गर्न लागेको आयोजना पूरा भएसँगै नेपालकै सोलारमा सबैभन्दा ठूलो ग्रीड कनेक्सन भएको आयोजना हुनेछ । यसअघि काठमाडौं उपत्यका खानेपानी लिमिटेड ९केयूकेएल० ले पानी पम्पका लागि निर्माण गरेको ६ सय ८० किलोवाटको सोलार पनि ग्रीडमा जोडिसकेको छ । उसले पानी पम्प गरेर बाँकी रहेको बिजुली विद्युत् प्राधिकरणलाई बेच्दै आएको छ ।

ऊर्जा संकट चुलिएसँगै पछिल्लो १० वर्षयता पटक–पटक सोलार निर्माणलाई सरकारले प्राथमिकतामा राख्दै आएको छ तर सर्भेक्षण लाइसेन्स लिने बढे पनि उत्पादन भने हालसम्म नगण्य छ । तत्कालीन ऊर्जा संकटका लागि विद्युत् प्राधिकरणले प्रतिस्पर्धात्मक रूपमा सोलार निर्माणका लागि आह्वान गरेपछि पछिल्लो समयमा यसका लागि सर्भेक्षण अनुमतिपत्र माग्नेको संख्या भने बढेको छ ।

विभागका अनुसार साउनपछि मात्र २६ सोलार आयोजनाले सर्भेक्षण अनुमतिपत्रका लागि आवेदन दिइसकेका छन् । हालसम्म १ सय ६१ मेगावाट उत्पादन गर्ने गरी विभागमा २९ आयोजनाले सर्भेक्षण अनुमतिपत्र लिए पनि त्यसमध्ये चालू वर्ष सुरु भएपछि हालसम्म सर्भेक्षण अनुमतिपत्र लिने आयोजना २६ छन् । ती आयोजनाहरूले ९६ मेगावाट बराबर विद्युत् उत्पादन गर्ने गरी विभागमा निवेदन दिएका छन् ।

विद्युत् प्राधिकरणले प्रतिस्पर्धा गरेपछि मंसिरपछि मात्र ८५ मेगावाट बराबरका आयोजनाले सर्भेक्षण अनुमतिपत्र लिइसकेका छन् । अनुमतिपत्र लिएका आयोजनाहरू अधिकांश तराई क्षेत्रका सिरहा, धनुषा, पर्सा, सुनसरी, रौतहटलगायतका जिल्लामा निर्माणका लागि प्रस्ताव गरिएको छ । विद्युत् प्राधिकरणले सोलारको विद्युत् खरिद सम्झौता (पीपीए) दर ९ रुपैयाँ ६० पैसा तोकेको कारोबारमा समाचार छ ।