काठमाडौं, ३ माघ । महाधिवेशन भएको १० महिनासम्म पनि नेपाली कांग्रेसले जिल्ला अधिवेशन गर्न नसकेको भन्दै सोलुखुम्बुका सचिव चन्द्र आचार्य अधिवेशनको माग गर्दै अनशन बस्ने भएका छन् ।
विधिवत अधिवेशनको मागसहित पार्टी कार्यालय सानेपामा सोमबार ११ बजेबाट अनशन शुरु गर्ने जनाएका छन् । पार्टीको महाधिवेशन भएको १० महिना बितीसक्दा पनि विधिवत अधिवेशन नभएको भन्दै आफु अनशन बस्न लागेको आचार्यद्धारा जारी विज्ञप्तीमा उल्लेख छ ।
‘केन्द्रिय प्रतिनिधीले अधिवेशन स्थगित भएको सुचना, जिल्ला समितिको स्थगन निर्णयको अडियो भिडियो लगायत यथेष्ठ प्रमाण हुँदा हुँदै केन्द्रिय निर्वाचन समिति हुँदै नभएको अधिवेशनलाई सदर भनि गरे हाँस्यास्पद निर्णय विरुद्ध बर्ष दिनसम्म अपिल गर्दासमेत पार्टी केन्द्रिय सभापति र सिंगो कार्यसमितिले नसुनेकाले पार्टीको आन्तरिक लोकतन्त्र सुदृढ गर्न हाम्रो अनशन हो,’ विज्ञप्तीमा भनिएको छ, ‘माग केवल उम्मेद्वार बन्न र भोट हाल्न पाउँ भन्ने मात्र हो ।’
प्रतिक्रिया दिनुहोस्