सम्पादकीय

मन्त्रीको जिल्ला भ्रमण भत्तामा २० लाख, हवाई टिकटमा ५१ लाख



काठमाडौं, ५ माघ ।  नयाँ सरकार गठन भएयताको पाँच महिनामा मन्त्रीहरूले जिल्ला भ्रमणबापत भत्तामा २० लाख ५४ हजार बुझेका छन् ।

उनीहरूको भ्रमणका लागि हवाई टिकटमा ५१ लाख १६ हजार खर्च भएको छ ।

प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयका अनुसार चालू आर्थिक वर्षको ६ महिनामा प्रधानमन्त्रीसहित मन्त्री, राज्यमन्त्री तथा सहायकमन्त्रीको तलब–भत्ता सुविधा तथा भ्रमण खर्चमा सात करोड ५५ लाख ३९ हजार सकिएको नयाँ पत्रिका दैनिकमा समाचार छ ।
कम खर्च गर्ने मन्त्री
– सहकारीमन्त्री हृदयराम थानी : २,१९,०००
– पर्यटनमन्त्री जीवनबहादुर शाही : २,१६,६६०
– भूमिसुधारमन्त्री विक्रम पाण्डे : २,१६,०५५
– ऊर्जा राज्यमन्त्री सत्यनारायण भगत : २,१५,०५०
– शिक्षा राज्यमन्त्री धनमाया विक : १,७५,१५०
– श्रममन्त्री सूर्यमान गुरुङ : १,७०,९१५
– कृषि राज्यमन्त्री राधिका तामाङ : १,६५,२०५
– गृहमन्त्री विमलेन्द्र निधि : १,५६,९६०
– भौतिकमन्त्री रमेश लेखक : १,५२,८४५
– शिक्षामन्त्री धनीराम पौडेल : १,४६,०४०
– अर्थमन्त्री कृष्ण महरा : १,३०,९१५
– उद्योगमन्त्री नवीन्द्रराज जोशी : १,२६,५३०
– सिँचाइमन्त्री दीपक गिरी : ६८,७७०
– सरसफाइ राज्यमन्त्री दीपक खड्का : ४४,१४०
– पर्यटन राज्यमन्त्री इन्द्र बानियाँ : १८,०००