Banner News

कांग्रेसको राष्ट्रवादमाथि प्रश्न ः जनमानसमा पु¥याउन जोड्



चितवन, ६ माघ । नेपाली काँग्रेसका सभापति शेरबहादुर देउवाले स्थानीय तह पुनःसंरचना आयोगले पेस गरेको प्रतिवेदनको पुनरवलोकन गर्नुपर्ने बताएका छन् ।

काँग्रेस क्षेत्र नं ५ चितवनले पश्चिम चितवनको जगतपुरमा आयोजना गरेको आमसभा एवम् प्रशिक्षण कार्यक्रमलाई सम्बोधन गर्दै सभापति देउवाले चितवनसहित विभिन्न जिल्लाबाट स्थानीय तह पुनःसंरचना आयोगको प्रतिवेदनमाथि विमति आइरहेकाले पुनरवलोकनका लागि काँग्रेसले संस्थागत निर्णय गर्ने जानकारी दिए ।

स्थानीय तह जनतालाई सहजताका लागि भएकाले उल्टो दुःख भयो भने जनतालाई मान्य नहुने बताउँदै देउवाले भने “दुई÷तीन दिन लगाएर सेवा लिन जानुपर्ने कत्तिको जायज छ ।”
मधेसी जनताको भावनालाई ध्यानमा राखेर संविधान संशोधनको प्रस्ताव पेस गरिएको बताउँदै सभापति देउवाले पहाडी र मधेसीको बीचमा दरार पैदा गर्ने तत्वलाई चिरेर यो समस्याको समाधान गर्नुपर्नेमा जोड दिए ।
कार्यक्रममा परराष्ट्रमन्त्री डा प्रकाशशरण महतले कूटनीतिक विषयलाई आन्तरिक राजनीतिसँग जोडेर अन्तर्राष्ट्रिय जगत्मा नराम्रो सन्देश प्रवाह भइरहेको बताउँदै जायज विषय तर्कसँगत ढङ्गले राख्न सकेमा विदेशीलाई विश्वस्त पार्न सकिने कुरा गरे ।

काँग्रेसका प्रमुख सचेतक चीनकाजी श्रेष्ठले अर्को साल माघ ७ गतेभित्र तीन तहको निर्वाचन गर्नका लागि आवश्यक पर्ने विधेयक संसदमा पेस गर्ने काम द्रुतगतिमा भइरहेको बताए । काँग्रेसका केन्द्रीय सदस्य देवेन्द्रराज कँडेल र गोविन्द भट्टराईले काँग्रेसमाथि छरिएका भ्रम चिर्दै असल राष्ट्रवादी काँग्रेस हो भन्ने कुरा जनमानसमा पु¥याउनुपर्ने बताए ।

सोही अवसरमा केन्द्रीय सदस्य गुरुराज घिमिरेले तराई र दशगजामा रहेका नेपालीले स्वामित्व खोज्नुलाई अनर्थ लिन नहुने बताउनुभयो भने प्रदीप पौडेलले संविधान संशोधन नेपाली कांग्रेसको पनि सम्झौता भएको बताए ।