सम्पादकीय

थापा–गच्छदार मन्त्रीबन्न हैसियत तगारो, प्रचण्ड दुवैलाई मन्त्री बनाउन हतारमा



काठमाडौं, ७ माघ । राप्रपा अध्यक्ष कमल थापा र मधेसी जनअधिकार फोरम लोकतान्त्रिक अध्यक्ष विजय गच्छदारलाई सरकारमा ल्याउने प्रधानमन्त्री प्रचण्डको योजना तत्काललाई टरेको छ । प्रचण्ड बिहीबारै थापा र गच्छदारलाई मन्त्री बनाउने प्रयासमा रहे पनि सफल हुन सकेनन् ।

प्रधानमन्त्री प्रचण्ड थापा र गच्छदारलाई उपप्रधानमन्त्री दिन तयार थिए । उनले दुईतीन चरणमा थापा र गच्छदारसँग कुराकानी पनि गरेका थिए । स्रोतका अनुसार नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले पनि यसबारे गच्छदार र थापासँग छुट्टाछुट्टै कुराकानी गरेका थिए । केही दिनअघि थापा र देउवालाई भेट्न उनको निवास बुढानिलकन्ठ पुगेका थिए ।

स्रोतका अनुसर गच्छदार र थापा सरकारमा नजानुको प्रमुख कारण भनेअनुसार ‘हैसियत’ र मन्त्रालय नपाउनु हो । गच्छदार र थापा दुबैले प्रधानमन्त्रीपछिको मर्यादाक्रममा आफू हुनुपनेर्त दाबी गरेका थिए । त्यस्तै उनीहरुले मन्त्रालय पनि आफूले भनेको हुनुपर्ने सर्त राखेका थिए ।

प्रधानमन्त्री निकट स्रोतका अनुसार गच्छदारले भौतिक पूर्वाधार र सञ्चार मन्त्रालयमध्ये एकसहित उपप्रधानमन्त्री पाउनुपेर्न दाबी गरेका थिए । त्यसैगरी थापाले परराष्ट्र मन्त्रालयसहित उपप्रधानमन्त्री दाबी गरेका थिए ।

प्रचण्ड वर्तमान सञ्चारमन्त्रीलाई फिर्ता बोलाई उनको ठाउँमा गच्छदारलाई लैजान तयार छन् तर कांग्रेस सभापति देउवा भने कुनै पनि अवस्थामा वर्तमान परराष्ट्रमन्त्री प्रकाशशरण महतलाई फिर्ता बोलाउने पक्षमा छैनन् ।

मर्यादात्राममा प्रधानमन्त्री पछि रहेका उपप्रधान एवं गृहमन्त्री विमलेन्द्र निधि पनि मर्यादाक्रमबाट तल झर्न तयार छैनन् । देउवा पनि यसमा सहमत नभएको नागरिकमा समाचार छ ।