सम्पादकीय

ट्रम्पले दुईवटा बाइबल छुँदै ३५ शब्द पढेर राष्ट्रपतिको शपथ खाए



एजेन्सी, ८ माघ । अमेरिकाको ४५ औँ राष्ट्रपति डोनाल्ड ट्रम्पले शुक्रबार पद तथा गोपनीयताको शपथ लिएका छन् ।

ह्वाइटहाउसको क्यापिटोल भवनमा आयोजित विशेष समारोहमा अमेरिकी सर्वोच्च अदालतका प्रधान्यायाधीश जोन रोबर्टले ट्रम्पलाई शपथ खुवाए ।

ट्रम्प अहिलेसम्मकै पाका राष्ट्रपति हुन् । ट्रम्प गत नोभेम्बरमा सम्पन्न निर्वाचनमा रिपब्लिकनका तर्फबाट राष्ट्रपतिमा निर्वाचित भएका थिए । उनले डेमोक्र्याटिकका उम्मेदवार हिलारी क्लिन्टनलाई पराजित गरेका थिए ।

शपथअघि चर्चमा प्रार्थना

शपथअघि ट्रम्प र उनकी पत्नी मेलानिया ट्रम्पले शुक्रबार ह्वाइटहाउसनजिकै रहेको सेन्ट जोन इपिस्कोपल चर्चमा प्रार्थन गरेका थिए । समुद्घाटनका दिन चर्चमा पाठ गर्ने अमेरिकी परम्परा छ ।

सन् १९३३ मा तत्कालीन राष्ट्रपति फ्र्यांकलिन डी रुजुभेल्टको समयदेखि चर्चमा जान थालिएको हो । यसअघि ट्रम्पले एक विवादास्पद पादरीबाट धर्मउपदेश लिएका थिए । पादरी रोबर्ट जेफ्रीबाट उनले प्रवचन लिएका हुन् । प्रवचनमा उनले ट्रम्पलाई भगवान्का रूपमा चित्रण गरेका थिए । जेफ्रीले मुसलमान, क्याथोलिक र समलिंगीविरुद्ध विवादास्पद धारण राख्दै आएका छन् ।

ट्रम्पले छोए दुईवटा बाइबल:

ट्रम्पलाई प्रधानन्यायाधीश जोन रबर्टले शपथ खुवाए । ट्रम्पले दुईवटा बाइबल छोएर शपथ खाएका थिए । एउटा बाइबल ट्रम्पले बाल्यकालदेखि नै सँगै राखेका छन् ।

अमेरिकाका १६औँ राष्ट्रपति अब्राहम लिंकनले शपथ लिँदा छोएको बाइबललाई पनि ट्रम्पले छोएका थिए । राष्ट्रपतिको शपथ अंग्रेजी ३५ शब्दको हुने गर्छ । ट्रम्पले पनि त्यही ३५ शब्द पढेर शपथ लिएको नयाँ पत्रिकामा समाचार छ ।