अर्थ

उर्जामा लगानी प्रतिवद्धताको संख्या दिनहूँ बढ्दै



काठमाडौँ, ८ माघ । ऊर्जा मन्त्रालयले अभियानका रुपमा सुरु गरेको ‘नेपालको पानी जनताको लगानी’ शीर्षकमा हालसम्म रु दुई अर्ब ४३ करोड २९ लाख ४५ हजार ९४३ बराबरको प्रतिवद्धता प्राप्त भएको छ ।

ऊर्जा मन्त्री जनार्दन शर्माको सचिवालयका अनुसार दैनिकजसो नै लगानी प्रतिवद्धता गर्नेको सङ्ख्या बढ्दै गएको छ । संस्थागत रुपमा भन्दा पनि व्यक्तिगत रुपमा लगानी प्रतिवद्धता गर्नेहरु क्रमशः बढ्दै गएका छन् ।

आन्तरिक रुपमा जलविद्युत् आयोजनामा कति लगानी जुट्छ भन्ने पत्ता लगाउन मन्त्रालयले गत महिनाबाट नागरिकलाई प्रतिवद्धता जनाउन आग्रह गरेको थियो ।

हालसम्म २४ हजार २४९ जनाले लगानी प्रतिवद्धता जनाएका छन् भने संस्थागत रुपमा २७ वटा संस्थाले लगानी प्रतिवद्धता जनाएको सचिवालयले जारी गरेको विज्ञप्तिमा उल्लेख छ । संस्थागत रुपमा आठ करोड ६१ लाख ७५ हजार लगानीे प्रतिवद्धता आएको छ ।

रक्सौल–परवानीपुर अन्तरदेशीय प्रसारण लाइनको काम अन्तिम चरणमा

भारतबाट थप विद्युत् आयात गर्नका लागि महत्वपूर्ण मानिएको रक्सौल परवानीपुर अन्तरदेशीय प्रसारण लाइनको काम अन्तिम चरणमा पुगेको छ ।

यसै महिनाको अन्त्यसम्ममा सम्पन्न गर्ने लक्ष्यका साथ निर्माण भइरहेको छ भने हाल आयोजनाको भौतिक प्रगति ८५ प्रतिशत रहेको सो आयोजनाले जनाएको छ ।