सम्पादकीय

फेरि फुट्यो लिम्बुवान पार्टी



दमक, ९ माघ । अरुणपूर्वका नौ जिल्लालाई ऐतिहासिक पृष्ठभूमिका आधारमा लिम्बुवान राज्य माग गर्दै आएको संघीय लिम्बुवान पार्टी नेपाल फुटाएर कमल छाराहाङले शनिबार नयाँ लिम्बुवान पार्टी घोषणा गरेका छन् ।

झापाको दमकमा कार्यक्रमको आयोजना गरी छाराहाङले आफ्नै नेतृत्वमा मुक्तिमोर्चा (संघीयवादी) पार्टी घोषणा गरेका हुन् । लिम्बुवान राज्यप्राप्तिका लागि शान्तिपूर्ण आन्दोलन गर्ने घोषणासँगै पूर्वमा लिम्बुवान राज्यको माग गर्ने पार्टी तीनवटा भएका छन् ।

छाराहाङले संघीय लिम्बुवान पार्टी नेपालको असोज ४ देखि ८ गतेसम्म दमकमा भएको पहिलो एकताको महाधिवेशनबाट असन्तुष्टि जनाउँदै पार्टी परित्यागको घोषणा गरेका थिए ।

संघीय लिम्बुवान पार्टी नेपाल आफ्नो ऐजेन्डा बिर्सिएर मधेसीसँग साँठगाँठमा लागेको र विधानविपरीत चलेको भन्दै उनले पार्टी परित्याग गरेका थिए । आफ्नो नयाँ पार्टीमा अन्य पार्टी तथा संघीय लिम्बुवान पार्टीमा असन्तुष्ट पक्षलाई समेत समावेश गर्ने उनको भनाइ छ ।

२०७१ साल असोज १९ गते धनकुटाको भेडेटारमा पाँच लिम्बुवानवादी दलबीच भएको एकतापछि लिम्बुवान तीनपटक फुटिसकेको अन्नपूर्ण पोष्टमा समाचार छ ।