सम्पादकीय

सबै निर्वाचनमा एमालेको बहुमतः ओली



काठमाडौं, १० माघ ।  प्रमुख प्रतिपक्ष एमालेका अध्यक्ष केपी शर्मा ओलीले अबको चुनावमा एमालेको बहुमत आउने दाबी गरेका छन् ।

एमले मुख्यालय धुम्बाराहीमा आइतबार आयोजित कार्यक्रममा ओलीले उक्त दाबी गरेका हुन् ।

‘एमालेलाई पहिलो बनाउने भन्ने तीन बर्ष अघिको नारा हो । पहिलो त यसै पनि भइहाल्छ । अबको योजना सबै निर्वाचनमा बहुमत ल्याउने हो र बहुमत आउँछ’ ओलीले भने ।

पूर्वप्रधानमन्त्रीसमेत रहेका ओलीले अहिले सरकार र केहि राजनीतिक पार्टी उल्टो बाटो हिँडेको आरोप लगाएको अन्नपूर्ण पोष्टमा समाचार छ  ।