सम्पादकीय

मिटर बिगार्ने र कम महसुलको बिलिङ गराउने काममा ट्रेड युनियनका नेता अग्रसर



काठमाडौं, १३ माघ । प्रहरीले केही दिनअघि ग्राहकसँग मिलेर बिजुलीको मिटर उल्टो घुमाएर कम महसुलको बिलिङ गराउन संलग्न प्राधिकरणका कर्मचारीलाई पक्राउ गरेको थियो ।

प्रहरीले पक्राउ गरेकामध्ये केही कर्मचारी ट्रेड युनियनका नेता हुन् । पक्राउ परेका मनिज श्रेष्ठ कर्मचारी संघका केन्द्रीय कोषाध्यक्ष हुन् भने दिलबहादुर साउद केन्द्रीय सदस्य हुन् ।

महादेव प्रधान एमालेनिकट कर्मचारी युनियनका सल्लाहकार हुन् । प्राधिकरणको विनियमावलीमा एउटा मिटररिडरले एक क्षेत्रमा दुई वर्षभन्दा धेरै समय काम गर्न नपाउने व्यवस्था छ ।

उनीहरुले ट्रेड युनियनकै दबाबमा एउटै क्षेत्रमा बसेर सेटिङका आधारमा बिल कम गरेर पैसा कमाउँदै आएको प्रहरीले जनाएको नयाँ पत्रिकामा समाचार छ ।