काठमाडौं, माघ १३ ।सङ्घीय गठबन्धनका संयोजक उपेन्द्र यादवले संसद्मा दर्ता भएको संविधान संशोधन विद्येयक काम नलाग्ने भएको टिप्पणी गरेका छन् ।
बिहीबार रिपोर्टर्स क्लब नेपालले आयोजना गरेको साक्षात्कारमा संयोजक यादवले भने, ‘संशोधन विद्येयक काम नलाग्ने छ, यो पारित गरेपनि वा नगरे पनि यसको कुनै अर्थ छैन । अध्यक्ष यादवले थपे – यसले समस्याको निकास दिँदैन् ।’
यादवले संसद्मा दर्ता भएको विद्येयक काम न काजको भएको समेत टिप्पणी गरे । उनले थपे,‘यो विद्येयक पास गरेपनि केही हुनेवाला छैन, फेल भए पनि केही हुनेवाला छैन ।’
सङ्घीय समाजवादी फोरम नेपालका समेत अध्यक्ष रहेका यादवले अहिले आँफैले बनाएको संविधान आँफै उल्लंघन गर्ने काम भइरहेको आरोप लगाए । यादवले भने,‘अहिलेको सरकारले आफूले बनाएको संविधान आँफै उल्लंघन गर्ने काम गरिरहेका छ, संविधानमा २५ जनाभन्दा बढी मन्त्री बनाउन नपाउने व्यवस्था छ, तर अहिले ४३ सदस्य पुगिसके, अझै ६÷७ जना लाइनमा बसिरहेका छन् ।’
उनले सबै राजनीतिक दलले एक अर्काले समस्या बुझेर समन्वयात्मक बाटो खोजेर मुलुकलाई निकास दिनुपर्नेमा जोड दिए ।
यादवले संविधान संशोधनले नै मुलुकले निकास पाउने भएकाले एमाले बाधक बन्न नहुने जिकिर गरे । अध्यक्ष यादवले मुलुकको आन्तरिक समस्यालाई आँफैले हल गर्न सकिए अरूले केही गर्न नसक्ने स्पष्ट पारे ।
स्थानीय तह पूर्नसंरचना आयोगले अघि सारेको प्रतिवेदन आफूहरुलाई स्वीकार्य नभएको जिकिर गर्दै यादवले भने,‘५२ प्रतिशत जनसख्या ओगटेको तराईमधेशमा मुस्किलले २५ प्रतिशत छ, यो न्यायोचित होइन, संरक्षित क्षेत्र, विशेष क्षेत्र र स्वायत्त क्षेत्रको पनि कुरै छैन, अनि कसरी चुनाव गराउनेरु, नयाँ व्यवस्था अनुसार, पुरानो त गैसक्यो रु’
उनले नेपाल–भारत सम्बन्ध जति राम्रो भयो त्यति नै दुवै मुलुकको लागि हित हुने समेत स्पष्ट पारे । यादवले विदेश नीतिबारे सबै दलहरुवीच एकरुपता हुनुपर्ने बताउँदै,‘विदेश नीति मुलुकको हुनुपर्छ, पार्टी पार्टीवीच भिन्दाभिन्दै होइन ।’
प्रतिक्रिया दिनुहोस्